अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण « Khabarhub

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको हो ।

विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ औँ ब्रिगेड बेस र खैबर पख्तुनख्वाको मोहमण्ड एजेन्सीको खोइजाई क्याम्पका साथै अन्य प्रमुख सुविधाहरू तथा सैन्य स्थलहरू समावेश रहेको जनाइएको छ । 

तस्बिरहरूले चारवटा पाकिस्तानी हवाई अड्डाहरूमा आक्रमणबाट भएको क्षति देखाएको छ । जसमा रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोबाबादको पिएएफ बेस शाहबाज रहेका छन् । 

यसैबीच, अफगान रक्षा मन्त्रालयले पनि पाकिस्तानी सेनाले काबुल, बगराम र अन्य क्षेत्रहरूमा गरेको हवाई आक्रमणको बदलामा अभियान सुरु गरिएको बताएको छ ।

प्रारम्भिक जानकारी अनुसार, यी आक्रमणहरूले उल्लेखित लक्ष्यहरूमा ठुलो क्षति पुर्याएको छ । अपरेसन पाकिस्तानी सेनाले काबुल, बगराम र केही अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणको जवाफमा गरिएको जनाइएको छ ।

थप आक्रमण वृद्धि विरुद्ध चेतावनी दिँदै मन्त्रालयले अफगान हवाई क्षेत्रको नियम उल्लङ्घनलाई कडा जवाफ दिइने बताएको छ ।

सीमापार आक्रमणको हालैका रिपोर्टहरूले दुई छिमेकी देशहरू बिचको तनावमा तीव्र वृद्धि भएको संकेत गर्दछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ३ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल