अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण « Khabarhub

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको हो ।

विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ औँ ब्रिगेड बेस र खैबर पख्तुनख्वाको मोहमण्ड एजेन्सीको खोइजाई क्याम्पका साथै अन्य प्रमुख सुविधाहरू तथा सैन्य स्थलहरू समावेश रहेको जनाइएको छ । 

तस्बिरहरूले चारवटा पाकिस्तानी हवाई अड्डाहरूमा आक्रमणबाट भएको क्षति देखाएको छ । जसमा रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोबाबादको पिएएफ बेस शाहबाज रहेका छन् । 

यसैबीच, अफगान रक्षा मन्त्रालयले पनि पाकिस्तानी सेनाले काबुल, बगराम र अन्य क्षेत्रहरूमा गरेको हवाई आक्रमणको बदलामा अभियान सुरु गरिएको बताएको छ ।

प्रारम्भिक जानकारी अनुसार, यी आक्रमणहरूले उल्लेखित लक्ष्यहरूमा ठुलो क्षति पुर्याएको छ । अपरेसन पाकिस्तानी सेनाले काबुल, बगराम र केही अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणको जवाफमा गरिएको जनाइएको छ ।

थप आक्रमण वृद्धि विरुद्ध चेतावनी दिँदै मन्त्रालयले अफगान हवाई क्षेत्रको नियम उल्लङ्घनलाई कडा जवाफ दिइने बताएको छ ।

सीमापार आक्रमणको हालैका रिपोर्टहरूले दुई छिमेकी देशहरू बिचको तनावमा तीव्र वृद्धि भएको संकेत गर्दछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ३ : ०८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली