प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए « Khabarhub

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गलकोट– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । 

जनार्दन शर्माका सारथीका रुपमा रहेका शर्माले चुनावको मुखमा पार्टी छोडेर पुरानै दलमा फर्केका हुन् ।  बागलुङका शर्माले नेकपाका नेताहरू दीनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरेका थिए । 

तत्कालीन माओवादीबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका शर्मा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् । 

बाबुराम भट्टराई र जनार्दन शर्माले मार्क्सवादी सिद्धान्त छोडेर समाजवादी आर्थिक कार्यक्रमसमेत नबनाएको आरोप लगाउने शर्मा पुरानै घरमा फर्केको प्रतिक्रिया दिए । 

प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै पुनः प्रवेश गरेको उनको भनाइ छ । बागलुङका शर्मा भारतमा तत्कालीन नेकपा माओवादीको एकता समाजदेखि सङ्गठन गरेका अनुभव रहेका नेता हुन् । 

यस्तै, निसीखोला–१ लेवाङका नेकपा (एमाले)का गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तीले नेकपामा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ४ : ४० बजे

अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?

वाशिङ्टन- अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनभित्रको अवस्थालाई लिएर

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान