रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल « Khabarhub

रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चुनावी तालमेलको प्रयास असफल भएको छ ।

एमालेका उम्मेदवार गोकुल घर्ती र रास्वपाका उम्मेदवार बालराम थापाबीच सोमबार राति रोल्पा नगरपालिका–२ पिपलचौतारास्थित एमाले जिल्ला नेता घनश्याम आचार्यको घरमा राति ९ देखि ११ बजेसम्म वार्ता भएको थियो। तर दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने सर्तमा अडान राखेपछि अन्ततः सहमति हुन सकेन।

एमालेका एक नेताका अनुसार, ‘रोल्पामा रास्वपाभन्दा हामी अगाडि छौं। त्यसैले सहयोग गर्न हामीले भन्यौं, तर उहाँले आफूलाई सघाउन भन्नुभयो। कुरा मिलेन।’

नेकपाका रोल्पा संयोजक रेमश पुन ‘चट्याङ’ले भने, ‘हाम्रो विरुद्ध एमाले र रास्वपाले तालमेलको प्रयास गरे पनि रोल्पामा बाँकी सबै दल मिले पनि हामीलाई हराउन सम्भव छैन।’ नेकपाबाट पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त उम्मेदवार छन्।

पुनले यस विषयलाई आश्चर्यजनक भने, किनभने देशभर रास्वपा र एमालेबीच सत्रुतापूर्ण प्रतिस्पर्धा भए पनि रोल्पामा यी दुई पार्टीका उम्मेदवारले तालमेल खोज्नु अनौठो विषय भएको बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ५६ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली