रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल « Khabarhub

रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चुनावी तालमेलको प्रयास असफल भएको छ ।

एमालेका उम्मेदवार गोकुल घर्ती र रास्वपाका उम्मेदवार बालराम थापाबीच सोमबार राति रोल्पा नगरपालिका–२ पिपलचौतारास्थित एमाले जिल्ला नेता घनश्याम आचार्यको घरमा राति ९ देखि ११ बजेसम्म वार्ता भएको थियो। तर दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने सर्तमा अडान राखेपछि अन्ततः सहमति हुन सकेन।

एमालेका एक नेताका अनुसार, ‘रोल्पामा रास्वपाभन्दा हामी अगाडि छौं। त्यसैले सहयोग गर्न हामीले भन्यौं, तर उहाँले आफूलाई सघाउन भन्नुभयो। कुरा मिलेन।’

नेकपाका रोल्पा संयोजक रेमश पुन ‘चट्याङ’ले भने, ‘हाम्रो विरुद्ध एमाले र रास्वपाले तालमेलको प्रयास गरे पनि रोल्पामा बाँकी सबै दल मिले पनि हामीलाई हराउन सम्भव छैन।’ नेकपाबाट पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त उम्मेदवार छन्।

पुनले यस विषयलाई आश्चर्यजनक भने, किनभने देशभर रास्वपा र एमालेबीच सत्रुतापूर्ण प्रतिस्पर्धा भए पनि रोल्पामा यी दुई पार्टीका उम्मेदवारले तालमेल खोज्नु अनौठो विषय भएको बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ५६ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय