कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू « Khabarhub

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।

कतारी हवाईक्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कतारको सिभिल एभिएसन अथोरिटीको वेबसाइटमा हेर्न अनुरोध गरेको छ ।

त्यस्तै, अफवाहपूर्ण सूचना सामग्री तथा घटनाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा नगर्न र भिडभाड हुने स्थानमा आवश्यकताबाहेक नजान पनि अनुरोध गरको छ ।

अपरिचित शव वा शंकास्पद वस्तुनजिक नगइदिन पनि दूतावासले अनुरोध गरेको छ । ‘सुरक्षितसाथ घरभित्रै बसिदिनुहोला तर सिसा/झ्याल/बार्दली छेउछाउ नबसिदिनुहोला,’ दूतावासले भनेको छ ।

दूताबासले मोबाइल फोन पूर्ण चार्जमा राख्नुका साथै केही नगद र महत्त्वपूर्ण परिचयपत्र पनि आफूसँग राख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ९ : ५२ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन