बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन « Khabarhub

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन गरिएको छ ।

केन्द्रका प्रमुख मोहन कलौनीका अनुसार आपत्कालीन अवस्थामा एक किलोमिटरको परिधिमा साइरनको आवाज पुग्नेगरी स्वास्थ्य केन्द्र भवनमा साइरन जडान गरिएको छ ।

अन्य स्थानमा ‘माइकिङ’ गरी सूचना प्रवाह गरिने जनाइएको छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रले यस्तो व्यवस्था गरेको हो ।

सतर्कता केन्द्र स्थापना भएसँगै स्थानीयलाई सुरक्षा सचेतना बढाउन बल पुगेको तथा समयमा सेवा प्रवाह गर्न राज्यका निकायलाई मद्दत पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ९ : ४७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका