नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन « Khabarhub

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको हस्तक्षेप भएको प्रचारबीच एकजना सांसद ऐन महरले नेतृत्वको बचाउ गरेका छन्।

बुधबार भएको दलको बैठकको छलफलका क्रममा अर्का युवा सांसद सुहाङ नेम्बाङका लागि प्रस्तावक र समर्थकसमेत बस्न नसक्ने वातावरण बनाइएको विषयमा महरले नेतृत्वको बचाउ गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा बुधबार भएको संसदीय दल र पार्टीका पदाधिकारीको संयुक्त बैठकले कार्यबाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई सर्वसम्मत नेता चयन गरेको थियो ।

बैठकमा प्रतिनिधिसभामा सदस्य सुहाङ नेम्बाङले दलको नेतामा दाबी गरे पनि निर्वाचन हुने परिस्थितिसम्म आफूहरू नपुगेको बैठकमा सहभागी महरको जिकिर छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका महरले परिस्थिति उम्मेदवारी मनोनयनको प्रक्रियासम्म नपुगेकाले थापा चयन भएको जिकिर गरेका छन् ।

‘अहिले एमालेको नेतृत्वलाई आलोचना गर्न अनेक प्रचार गरिए पनि पार्टीभित्रको वातावरण त्यस्तो होइन । दलको बैठकमा नेता चयनका लागि छलफलसँगै निर्वाचनको प्रक्रियाबाट पनि जाने कुरा चलेको थियो । त्यही बीचमा उम्मेदवारी फारम वितरण भयो । समर्थक र प्रस्तावक राख्ने समयमा निर्वाचन नहुने परिस्थति बन्यो ’, महरले भने, ‘निर्वाचन भएको भए पनि केही फरक पर्ने थिएन । जे परिणाम आए पनि पार्टीका पक्षमा हुन्थ्यो । सुहाङले म जसरी पनि निर्वाचन लड्छु भनेर लागेको भए प्रस्तावक र समर्थक पाउनुहुन्थ्यो । मलाई नै मत जहाँ दिए पनि दिनुस् तर मेरो प्रस्तावक वा समर्थक बस्नस् भनिएको भए म उहाँका लाग बस्थेँ । चुनाव लड्न पाउने सबैको अधिकार हो तर परिस्थिति उम्मेदवारी मनोनयनको प्रक्रियासम्म पुगेन ।’

महरले स्वयम् सुहाङले थापा दलको नेता चयन भएपछि बधाई दिएर दबाबमा नभई स्वभाविक रूपमा निर्वाचनको प्रक्रियामा नगएको भनिसकेको पनि जिकिर गरे । कतिपय विषयहरू आफूहरूले त्यहीरुपमा बाहिर स्पष्ट पार्न नसकेको उनको दाबी छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १ : ५२ बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र