संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस् « Khabarhub

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा बसेको छ । बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गरेका छन् ।

बैठक सुरु हुनेबित्तिकै नेकपा (एमाले)का सांसदहरूले उठेर विरोध जनाएका थिए । विरोधका क्रममा एमालेका सांसद गुरु बरालले संविधानको मौलिक हक हनन भएको भन्दै सरकारको आलोचना गरे ।

बरालले भने, ‘नेपालको संविधानको भाग २ अन्तर्गत धारा १६ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको छ । धारा १७ ले स्वतन्त्रताको हक र धारा १८ ले समानताको हक सुनिश्चित गरेको छ । तर, अहिले देशमा यी मौलिक हकहरू खोस्ने काम भइरहेको छ ।’

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधिको दुरुपयोग गरी बन्दी बनाइएको आरोप लगाए ।

‘काठमाडौं लगायत देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले चर्को दमन गरेको छ,’ बरालले भने ।

एमालेका सांसद साजिद सिद्धिकी र विष्णुमाया विकमाथि भएको आक्रमणको पनि उनले उल्लेख गरे ।

‘उहाँहरूलाई गम्भीर चोट लाग्ने गरी प्रहरीबाट कुटपिट गरिएको छ । त्यस घटनामा संलग्नहरूमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्छु,’ उनले बैठकमा भने ।

यस्तै, एमाले सुर्खेत जिल्ला कार्यालयमा प्रवेश गरी जिल्ला अध्यक्षसहित दर्जनौं नेताहरूमाथि कुटपिट गरी घाइते बनाइएको घटनाको पनि बरालले चर्चा गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आएसँगै देशमा लोकतन्त्रविरोधी गतिविधि बढेका छन् । देश संविधानअनुसार चलोस् भन्ने हाम्रो अपेक्षा छ,’ उनले थपे ।

बरालले ओली र लेखकको तत्काल रिहाइ, सांसदहरूमाथि आक्रमण गर्नेहरूमाथि छानबिन र भदौ २३ गतेको घटनामा एकपक्षीय कारबाही नगर्न सरकारलाई आग्रह गरे ।

उनले भदौ २४ गतेको घटनालाई बेवास्ता गरी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग मौन रहेको र सरकारले पनि एकपाटो मात्र कारबाही थालेको भन्दै निन्दा गरे ।

बैठकमा एमाले सांसदहरूले संविधानको पालना, मौलिक हकको रक्षा र राजनीतिक प्रतिशोध रोक्न माग गर्दै विरोध जनाएका थिए । यो घटनाले नयाँ संसद्को सुरुवाती दिनमै राजनीतिक तनाव बढ्ने संकेत पनि गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ३६ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट