शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान « Khabarhub

शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

लेखकको बयान सकियो, दोस्रो पटक म्याद थपिँदै


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिन थालिएको छ।

हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओ‌‌लीको जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयको टोलीले बयान लिन थालेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली तत्कालै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना कमजोर भएकाले जिल्ला प्रहरी परिसर र सरकारी वकिलले त्यहीँ पुगेर बयान लिइरहेका छन् ।

विभिन्न आधा दर्जन स्वास्थ्य समस्यासँग जुधिरहेका ओलीलाई चिकित्सकहरूले तत्काल डिस्चार्ज गर्न नसकिने जवाफ दिएपछि अस्पतालमै पुगेर बयान लिने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।

गत शनिबार गुन्डुस्थित निवासबाट पक्राउ परेका ओली त्यसको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । तत्कालीन गृहमन्त्री रमेश लेखक भने अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनको बयान भने त्यहीँ चलिरहेको छ। उनलाई नजिकैको सरकारी वकिलको कार्यालयमा लगेर बयान गराउने क्रम सकिएको छ।

शनिबार पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला प्रहरी परिसरले पाँच दिनको म्याद लिएको थियो । अब दुवैजनाका लागि बिहीबार नै नयाँ म्याद लिने तयारी प्रहरीले गरेको छ।

पहिलो पटक अदालत लगिएका लेखकलाई पनि यस पटक भिडियो कलबाटै दोस्रो म्याद लिन लागिएको छ। ओ‌लीले पहिलो पटक पनि अस्पतालबाटै म्याद लिएका थिए ।

भदौको जेन-जी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनेको थियो । त्यही आयोगको सिफारिसका आधारमा दुवैजनालाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  २ : ४६ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र