विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ « Khabarhub

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चित्त दुखाएका छन् । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदाय प्रति भएको दमनको माफी मागेको तर सदन भित्रै विभेद भएको उल्लेख गरे । 

उनले सत्तापक्षलाई बोल्न २५ मिनेट समय दिने र प्रतिपक्षलाई १० मिनेट पाँच मिनेट समय दिएको विरोध जनाएका हुन् ।

आफूहरू पनि जन निर्वाचित प्रतिनिधि भएको बताउँदै हर्कले भने,’प्रतिनिधि सभामा पनि सत्तापक्ष र प्रतिपक्ष भनिएर विभेद भएको छ । सत्तापक्षलाई बोल्न २५ ३० मिनेट दिने प्रतिपक्षलाई १० मिनेट ५ मिनेट ३ मिनेटमा सक्ने भन्ने पनि हुन्छ ।’

रवि लामिछानेले दलितहरू माथि विभेद भएकोप्रति सरकारको तर्फबाट बोल्दै प्रतिनिधिसभामा माफी मागेपछि हर्कले त्यसको प्रति उत्तर दिएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ३० बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट