तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन « Khabarhub

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भवन उद्घाटन गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । महानिरीक्षक कार्कीले समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुने विश्वास व्यक्त गरे ।

उनले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । महानिरीक्षक कार्कीले शिष्ट बोलीबचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए । उनले प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर जनचेतामूलक कार्यक्रममा जोड दिनुपर्ने र नागरिकहरूले पनि ट्राफिक नियमको पूर्ण पालनामा सचेत हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आफ्नो धारणा राखेका थिए । यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्री, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्राविधिक प्रहरी नायब उपरीक्षक ई चिरन्जिवी प्रताप महतोले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा महानिरीक्षक कार्कीले कार्यालय परिसरमा वृक्षरोपण गर्नुका साथै भवन निर्माणमा योगदान गर्ने विभिन्न व्यक्तिलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए । गण्डकी प्रदेश सरकारको रु तीन करोड दुई लाख १२ हजार ६७६ लागतमा त्यहाँ कार्यालय भवन, ब्यारेक, मेसलगायत संरचना निर्माण गरिएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ७ : ०९ बजे

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको

जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’

किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक