जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण « Khabarhub

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन् ।

मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ ।

“यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र सर्तहरूको मान्यतामा भएको हो,” पार्नेलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

सन् २०२५ डिसेम्बर ३१ सम्म नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४३६ सक्रिय–सेवामा अमेरिकी सैनिकहरू रहेका थिए भने इटालीमा १२ हजार ६६२ र स्पेनमा तीन हजार ८१४ अमेरिकी सैनिक थिए।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भनेका छन्, “युरोप र जर्मनीबाट पनि अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिन्छ।”

युरोपेली सङ्घले गत बर्ष हस्ताक्षर गरेको व्यापार सम्झौताको पालना नगरेको आरोपमा अर्को हप्तादेखि लागु हुनेगरी युरोपेली सङ्घबाट अमेरिका आपूर्ति हुने कार र ट्रकहरूमा लगाइदै आएको करको दर बढाएर २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पले बताए ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भने, “अमेरिकाले युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।” नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र हाम्रो साझा सुरक्षाका लागि ठूलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिन्छ ।”

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : २७ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०