अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी « Khabarhub

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका सँग पुनः युद्ध सुरु हुन सक्ने आशंका व्यक्त गरेका छन् । फार्स न्यूज एजेन्सीका अनुसार उनले अमेरिकाको सबै गलत कदमहरुको जवाफ दिने बताएका हुन् ।

उनले भनेका छन्, ‘इरानको सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ । यदि अमेरिकाले कुनै गलत कदम चाल्यो भने त्यसको कडा जवाफ दिइनेछ ।’ साथै उनले अमेरिका कुनै पनि सम्झौता वा वाचा पालना नगर्ने आरोप समेत लगाएका छन् ।

असदीका अनुसार अमेरिकी अधिकारीहरूको बयान र गतिविधि प्रायः देखावटी र मिडियाका लागि मात्र हुने गर्छन् । उनका अनुसार यसको उद्देश्य पहिलो-तेलको मूल्य घट्नबाट रोक्नु र दोस्रो – आफ्नै सिर्जना गरेको कठिन अवस्थाबाट बाहिर निस्कनु हो ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनी कुनै पनि हालतमा इरानलाई आणविक हतियार प्राप्त गर्न दिने छैनन्, किनकि यसले विश्व सुरक्षामा ठूलो खतरा निम्त्याउँछ । यही कारणले अमेरिकाले इरानविरुद्ध कडा कदम चाल्न बाध्य भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : ५५ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०