अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने « Khabarhub

अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ मा सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने भएको छ ।

नार्फले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ रामारोशन स्काई रन आयोजना गरिएको जनाएको हो । 

प्रतियोगिताअन्तर्गत २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुने र स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न २० वर्षमुनिका लागि ५ किलोमिटर सामुदायिक दौडसमेत समावेश गरिएको आयोजकले जनाएको छ । 

२८ किलोमिटरको स्काई रनिङ मार्ग २,१५० मिटर उचाइको रामेखण्डबाट सुरु भई जिङ्गाले ताल, लामादह ताल, रोशन पाटन, ३,८२० मिटर उचाइमा रहेको चाँखाटप र किनिमिनीपाटन लगायतका प्रमुख प्राकृतिक स्थलहरू पार गर्दै पुनः रामेखण्डमै पुगेर टुङ्गिने नार्फले जनाएको छ । 

२८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने धावकहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने शीर्ष १० स्थान हासिल गर्ने धावकहरूलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : १२ बजे

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको