नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता « Khabarhub

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । 

नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए। 

‘नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ’, उनले भने, ‘बेपत्ता भएका बालकको खोजी जारी छ ।’

बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उनले बताए।

नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोशाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उनले बताए।
 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : ३४ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको