सालकको खपडासहित दोलखामा वृद्ध पक्राउ « Khabarhub

सालकको खपडासहित दोलखामा वृद्ध पक्राउ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

दोलखा– दुर्लभ तथा संरक्षित वन्यजन्तु सालकको खपडा लुकाई राखेको आरोपमा दोलखाको शैलुङ गाउँपालिका–२ पोर्सबका ६६ वर्षीय मनोज कुमार तामाङ पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब ८:३० बजे तामाङको घरमा खानतलासी गर्दा घरको भित्तामा फलामको किल्लाले झुण्ड्याएर राखिएको अवस्थामा सालकको खपडा जस्तो देखिने वस्तु फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार तामाङले आफ्नै घरको कोठामा प्रतिबन्धित वन्यजन्तुको अङ्ग लुकाई राखेको भन्ने गोप्य सूचना प्राप्त भएपछि खोजतलास गरिएको थियो। सो क्रममा बरामद गरिएको शङ्कास्पद वस्तु नियन्त्रणमा लिइएको छ ।

घटनापछि तामाङलाई नियन्त्रणमा लिएर बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।

वन्यजन्तुको अङ्ग–प्रत्यङ्गको ओसारपसार, खरिदबिक्री वा भण्डारण कानुनले निषेध गरेको छ। बरामद वस्तु सालककै खपडा भएको पुष्टि भए वनसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने सम्बन्धित निकायले जनाएको छ । सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ७ : २६ बजे

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

काठमाडौं– रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा