भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा « Khabarhub

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् । प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा. रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको छ । सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा राखेर मात्र चलाउने गरिएको छ । त्यसअघि पालो कुर्नका लागि भुइँमा ‘म्याट्रेस’मा राख्न बाध्य भएको उनले बताए ।

चितवन सहित छिमेकी जिल्लाका प्रसूति सेवा लिनेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गर्दछ । अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक र बाल सघन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरुको रोजाइ भरतपुर अस्पताल हुने गर्दछ ।

अस्पतालका प्रवक्तासमेत रहेका उनले भने, ‘अन्य मौसममा प्रसूति गराउन आउनेको सङ्ख्या कम हुने भएकाले सहजै शय्या पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको छ ।’

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सापकोटाका अनुसार असोज, कात्तिक महिनामा दसैँ र तिहार जस्ता पर्व मनाउन घरबाहिर रहेकाहरु घरमा आउने गर्दछन् । सोही समयमा गर्भ बसेकाहरुको यो समयमा सुत्केरी गर्दछ । सोही कारणले यो समयमा प्रसूति गराउनेहरुको सङ्ख्या बढेको हुन सक्ने जनाइएको छ ।

अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी छन् । यसका कारण सुत्केरी गराउनेहरुलाई अन्यत्रभन्दा सहज हुने गरेको उनको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको ‘कङ्गारु मदर केयर’ पनि रहेको छ । अस्पतालमा दक्ष ‘नर्स’ र ‘मिड वाइफ’ले मात्र नजजात शिशु निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिट छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृह पछिको व्यवस्थित र विश्वासिलो रुपमा लिने गरिन्छ ।

प्रवक्ता डा. सापकोटाले गत आर्थिक वर्षमा सात हजार ८५३ जनाले अस्पतालबाट प्रसूति सेवा लिएको जानकारी दिए । उनका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्य स्तरबाट बच्चा निकालिएको हो भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । ७० जनाको ‘भ्याकुम’ र ‘फोर्सएप’ नामक उपकरण प्रयोग गरेर शिशु झिकिएको छ ।

अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । ती मध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशु झिकिएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो । १८७ जना आमाको उपकरण प्रयोग गरी सुत्केरी गराइएको थियो । गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नु परेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलब चार रहेको थियो । जटिल प्रकृतिका समेत धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ११ : २९ बजे

बाढीग्रस्त पर्वतको फोर्सेमा सन्नाटा, चाडपर्वले छोएन पीडितलाई (तस्बिर)

बागलुङ– बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक