मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता « Khabarhub

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष २०८२/८३ मा ३९ वटा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएका छन् ।
 
नागरिकका आधारभूत अधिकार, महिला तथा बालअधिकार, जातीय भेदभाव, आर्थिक तथा सामाजिक अधिकार र यातनाविरुद्धका विषयमा उल्लेख्य उजुरी प्राप्त भएको आयोगका प्रमुख बुद्धनारायण सहनी केवटले जानकारी दिए । 
 
नागरिक तथा राजनीतिक अधिकार सम्बन्धीको महासन्धिअन्तर्गत १७, घरेलु हिंसा, लैङ्गिक विभेद, शारीरिक तथा मानसिक यातना, सामाजिक बहिष्कार र महिलामाथि हुने हिंसाका सात वटा उजुरी दर्ता भएका छन् । 
 
त्यसैगरी बालबालिकामाथि हुने तीन, जातीय विभेद, सामाजिक बहिष्कार तथा समान व्यवहार नपाएकाको दुई, स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सुरक्षा, आवास तथा सामाजिक सुरक्षाजस्ता आधारभूत सेवामा पहुँच नपाएका आठ र यातनाविरुद्धको अधिकारसम्बन्धी महासन्धिअन्तर्गत तीनवटा उजुरी दर्ता भएका छन् । 
 
आर्थिक वर्ष २०८२/८३ मा ११० वटा उजुरीको छानबिन तथा अनुसन्धान सम्पन्न गरी अन्तिम निर्णयका लागि आयोगको केन्द्रीय कार्यालय पठाइएको प्रमुख केवटले जानकारी दिए ।
 
आयोगले  ३७७ वटा उजुरीको विस्तृत छानबिन तथा अनुसन्धान गरिरहेको छ । 
 
उजुरीमा सम्बन्धित निकायसँग विवरण माग्ने, पीडित तथा सरोकारवालासँग बयान लिने, घटनास्थल निरीक्षण गर्ने तथा आवश्यक समन्वयात्मक प्रक्रिया अघि बढाइएको छ । 
 
प्रमुख केवटले आयोगमा धेरैजसो प्रहरीमा जाहेरी दर्ता नभएको, जाहेरी दर्ता भए पनि अनुसन्धान प्रभावकारी नभएको, पीडितले न्याय पाउन कठिनाइ भोगेको, प्रशासनिक निकायबाट समयमै सुनुवाइ नभएको तथा सरकारी सेवामा पहुँचसम्बन्धी समस्या रहेका विषयमा उजुरी आउने गरेको बताए । 

मधेस प्रदेशमा पछिल्लो समय सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायमा पहुँचसम्बन्धी समस्याका कारण मानवअधिकारसम्बन्धी गुनासो बढ्दै गएको सरोकारवाला बताउँछन् । 
 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १ : २७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला