सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन « Khabarhub

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कारको खोजीका लागि गोताखोरसहितको टोली परिचालन गरिएको छ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो। दुर्घटनापछि कारमा सवार तीन जना बेपत्ता छन्।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको छ। नेपाल प्रहरीको टोली पनि खोजी तथा उद्धार कार्यमा खटिएको छ।

दुर्घटनामा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा वतन नखुलेका अर्का एक जना बेपत्ता भएका छन्।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ५ : २५ बजे

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब बढी

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा