इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ « Khabarhub

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इञ्जिनियरको भूमिकामा निर्भर रहने बताएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालय जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आज आयोजित सेवामा नवप्रवेशी इञ्जिनियरलाई सम्बोधन गर्दै उनले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा समर्पित गर्ने ऐतिहासिक अवसर भएको बताए।

मन्त्री श्रेष्ठले भने, ‘प्रत्येक निर्णय, प्राविधिक सुझाव र हस्ताक्षर कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ ।’

राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इञ्जिनियरको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताउँदै उनले सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलासय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरको निर्माण इन्जिनियरको दूरदृष्टि र क्षमता निर्भर रहने धारणा राखे।

मन्त्री श्रेष्ठले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्त्व रहेकाले सरकारी सेवामा प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण बन्ने बताए।

उनले देशले नयाँ पुस्ताका इञ्जिनियरबाट केवल प्राविधिक दक्षता मात्र नभई नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गरे।
 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ५ : ३२ बजे

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब बढी

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा