पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ « Khabarhub

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४ औँ बोद्ले स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगे ।

अन्य कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी उक्त कार्यक्रममा पुगेका प्रचण्डलाई पत्रकारले घेरा हाले ।

काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा केही पत्रकारमध्ये एकजनाले चर्को स्वरमा प्रचण्डलाई प्रश्न गर्न थाले ।

‘प्रचण्डजी सुन्नुस्न यो जहिले पनि एमाले, कांग्रेस, माओवादी… केही बेर अल्मलिँदै , एमाले, कांग्रेस, माओवादीमा जानु हुन्छ जहिले पनि, तपाईं कहिले स्थिर हुनुहुन्छ ?’

सम्भवत ती पत्रकारको यो प्रश्नले प्रचण्डलाई रिस उठेको हुनसक्छ । त्यसपछि उनी अनुहारो भाव विगार्दै पछाडि फर्किएर जवाफ दिन्छन्, ‘मरेपछि’। त्यसपछि प्रश्न सोध्ने पत्रकार गलल्ल हाँस्न थाल्छन् ।

सोमबार नेकपाले काठमाडौंमा गरेको विचार गोष्ठी तथा सम्मान कार्यक्रमका प्रमण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित सहभागी छन् ।

दोलखाको काटाकुटीस्थित बोद्ले गाउँमा जनयुद्धको समयमा सेनाबाट मारिएका १५ जनाको सम्झना र सम्मानमा प्रत्येक वर्ष साउन १८ गते यो दिवस मनाइन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ६ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार