जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै « Khabarhub

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र छोडेर फागुन २१ को निर्वाचनअगाडि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य थाल्न लागेका हुन् ।

मधेशवादी दलसहित आगामी साउन २३ गते काठमाडौंको थापा गाउँमा नयाँ मोर्चा घोषणा गर्न लागिएको जनार्दनको सचिवालयले जनाएको छ।

उक्त मोर्चामा डा. सीके राउतको जनमत पार्टी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, प्रभु साहको आमजनता पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, बहुजन एकता पार्टी, संघीय समाजवादी पार्टी नेपाल लगायतका रहनेछन् ।

मोर्चाको घोषणाका लागि सबै शीर्ष नेताहरूसँग सहमति जुटेको अध्यक्ष राउत बताउँछन्। ‘अहिलेको अवस्थामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने परिस्थिति बनेपछि यही २३ गते कार्यक्रम गरेर एउटा सन्देशसहित मोर्चाको घोषणा गर्ने तयारी गरेका छौं’, उनले भने ।

विगतमा शक्ति संघर्षकै कारण उपेन्द्र यादव र सीके राउतबीच मधेसमा तनाव भएको थियो। ०७९ को निर्वाचनमा यादवकै क्षेत्र सप्तर २ बाट राउतले जितेका थिए। मधेशमा सीके, प्रभु र उपेन्द्रबीच कडा टक्कर छ । तर अब जनार्दनसमेत जोडिएर उनीहरू एक ठाउँमा उभिन लागेका हुन् ।

२०८२ फागुनको निर्वाचनअगाडि पनि मधेशवादी अलायन्स ब्युँताउन लागेका नेताहरू अहिले बल्ल एक ठाउँमा हुन लागेका हुन् । मोर्चाको आकार कस्तो हुने टुंगो भइसकेको छैन । सहकार्य पनि कसरी गर्ने भन्ने विषय टुङ्ग्याउने प्रयत्नमा नेताहरू छन् । यो यो सहकार्य जनार्दनकै पहलमा हुन लागेको हो ।

जसपा अध्यक्ष यादवले लामो समयदेखि यो मोर्चाका लागि गृहकार्य गरेको बताएका छन् ।

‘अहिलेका लागि मोर्चा मात्रै २३ गते घोषणा सभा हुन्। यो कस्तो किसिमको रहन्छ भन्ने सबै कुरा त्यही दिन सार्वजनिक गर्छौं । मोर्चा घोषणा गर्ने विषयमा सबै नेताहरूबीच सहमति जुटिसकेको छ’, यादवले खबरहबलाई भने, ‘लामो समयदेखि गृहकार्यपछि अहिले सफल भएका छौँ। विगतका अनुभवलाई समेटेर यो मोर्चालाई बलियो र परिणाममुखी बनाउने प्रयत्नमा सबै नेता छौं ।’

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ७ : ०९ बजे

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी

साउनको तेस्रो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं – यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको