भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता « Khabarhub

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये मधेश प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परेर हराइरहेका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् भने १६२ जना अझै सम्पर्कविहीन छन्।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार विभिन्न जिल्लाबाट सिन्धुली, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका केही नागरिक आफन्तको सम्पर्कमा आएका हुन्।

सम्पर्कमा आउनेहरूमा वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराका सत्यम राम र रुपेश गुप्ता तथा रौतहटका मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, सेख मजिद, पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल छन्। यस्तै सर्लाहीका वृजकिशोर दास, सुनिता दास र दिपेश थापा; महोत्तरीका राकेशकुमार यादव, विपीनकुमार मण्डल, श्रीकेश यादव, युवराज पाण्डे, सचिनकुमार यादव, आदित्यनारायण यादव र विकास भारती पनि सम्पर्कमा आएका छन्।

धनुषाका लक्ष्मण मेहता, दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव तथा सिरहाका टार्जन बलम्पाकी, उमेश यादव र अजय मरिक पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

अझै पनि ठूलो संख्यामा नागरिक बेपत्ता रहेका छन्। प्रहरीका अनुसार सप्तरीका ४८, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन्। मधेशका विभिन्न जिल्लाबाट आफन्त हराएको सूचना आउने क्रम जारी रहेकाले प्रहरीले खोजी तथा विवरण संकलन कार्यलाई तीव्रता दिएको एसएसपी ढकालले बताए।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ८ : २६ बजे

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिनेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका