भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता « Khabarhub

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये मधेश प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीमा परेर हराइरहेका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् भने १६२ जना अझै सम्पर्कविहीन छन्।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार विभिन्न जिल्लाबाट सिन्धुली, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका केही नागरिक आफन्तको सम्पर्कमा आएका हुन्।

सम्पर्कमा आउनेहरूमा वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराका सत्यम राम र रुपेश गुप्ता तथा रौतहटका मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, सेख मजिद, पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल छन्। यस्तै सर्लाहीका वृजकिशोर दास, सुनिता दास र दिपेश थापा; महोत्तरीका राकेशकुमार यादव, विपीनकुमार मण्डल, श्रीकेश यादव, युवराज पाण्डे, सचिनकुमार यादव, आदित्यनारायण यादव र विकास भारती पनि सम्पर्कमा आएका छन्।

धनुषाका लक्ष्मण मेहता, दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव तथा सिरहाका टार्जन बलम्पाकी, उमेश यादव र अजय मरिक पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

अझै पनि ठूलो संख्यामा नागरिक बेपत्ता रहेका छन्। प्रहरीका अनुसार सप्तरीका ४८, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन्। मधेशका विभिन्न जिल्लाबाट आफन्त हराएको सूचना आउने क्रम जारी रहेकाले प्रहरीले खोजी तथा विवरण संकलन कार्यलाई तीव्रता दिएको एसएसपी ढकालले बताए।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ८ : २६ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास