कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल « Khabarhub

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै बाढी तथा पहिरोका कारण अवरुद्ध विद्युत् सेवा र जलविद्युत् आयोजनाहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल गरेका छन्।

भेटवार्ताका क्रममा बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा छिटो पुनः सञ्चालनमा ल्याउने उपाय, निर्माणाधीन जलविद्युत् आयोजनालाई शीघ्र सम्पन्न गर्न सरकारले आवश्यक प्रोत्साहन दिने तथा प्रभावित आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्ने विषयमा छलफल भएको घिसिङले जानकारी दिए।

घिसिङका अनुसार हाल सञ्चालनमा रहेका तर बाढीपहिरोका कारण प्रभावित २३५ मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई कसरी छिटो सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग सुझाव आदानप्रदान भएको थियो।

उनले निर्माणाधीन आयोजनालाई समेत आवश्यक ‘इन्सेन्टिभ’ दिएर निर्माण कार्य तीव्र बनाउनुपर्ने सुझाव प्रधानमन्त्रीसमक्ष राखेको बताए। प्रभावित आयोजनाहरूका लागि सरकारले विशेष प्याकेज बनाएर घोषणा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

घिसिङले विपद्का समयमा उद्धार तथा विद्युत् सेवा पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए। विदेशी सहयोग लिएर सुरुङमार्गमा फसेका व्यक्तिको उद्धार गर्ने विषयदेखि अवरुद्ध विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने विषयसम्म प्रधानमन्त्रीसँग छलफल भएको उनले जानकारी दिए।

उनले जलविद्युत् आयोजना निर्माणको चरणदेखि नै सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझावसमेत दिएका छन्। ‘सेफ्टी फर्स्ट’ को अवधारणाअनुसार आयोजनाको प्रारम्भिक डिजाइनदेखि नै सुरक्षाको पक्षलाई समेट्नुपर्ने र आवश्यक परे डिजाइनमै परिवर्तन गर्नुपर्ने सुझाव आफूले दिएको घिसिङले बताए।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी विशेष राहत तथा सहयोगको प्याकेज ल्याउनुपर्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

प्रधानमन्त्री शाह पनि बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिप्रति गम्भीर रहेको घिसिङले बताएका छन्। उनका अनुसार विद्युत् आयोजना र सेवा अवरुद्ध भएका क्षेत्रको अवस्था सुधार गर्न सरकारले तत्काल पहल गर्नुपर्नेमा भेटवार्ताका क्रममा जोड दिइएको थियो।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १ : १२ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना