भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी « Khabarhub

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। सेनाका अनुसार बुधबार बिहान ११ बजेसम्म हेलिकप्टरबाट ६ जनाको उद्धार गरिएको छ।

टनेलभित्र फसेका तथा बेपत्ता भएकाहरूको खोजीका लागि विभिन्न जलविद्युत् आयोजनामा संयुक्त टोली परिचालन गरिएको छ। लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ।

त्यस्तै, चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा भने ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्स्काभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाएको छ।

बुधबार राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन टनेलको ‘क्राउन’ क्षेत्रमा ब्लास्टिङ गरी सफा गर्ने कामसमेत भइरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक ३ तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले कार्यालय र आवास क्षेत्र पहिचान गरी त्यहाँ पुग्न बाटो खोल्ने काम गरिरहेको छ।

एक्स्काभेटरबाट बाटो बनाउने र बबक्याट प्रयोग गरी माटो तथा अवरोध हटाउने काम भइरहेको छ।

यसैबीच, नेपाली सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै खोज तथा उद्धारसँगै स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको जनाएको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा खोजी जारी छ।

स्याफ्रुवेशी क्षेत्रमा नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ। नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सम्भावित संक्रमण फैलिन नदिन चिकित्सक अधिकृतहरूले सचेतनामूलक कक्षा सञ्चालन गरेका छन्।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खोज तथा उद्धार अभियानमा खटिएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारको काम गरिरहेका छन्।

प्रधानसेनापति महारथी अशोकराज सिग्देलले त्रिशूली तथा टनेल उद्धारलगायतका क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। उनले सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १ : २८ बजे

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा