भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता « Khabarhub

भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । 

बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी (पूर्व र पश्चिम) सम्म ९ हजार तीन सय भन्दा बढी नेपाली सेनाका जनशक्ति उद्धार तथा खोजमा परिचालित रहेको उहाले जानकारी दिए । 

उनले भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग मिलेर आवश्यक उपकरणसहित खटिएको र चिलिमेतर्फ थप एक्स्काभेटर पठाउन लागिएको बताए । 

त्यस्तै लाङटाङतर्फ सेना र प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको उनले बताए । 

माथिल्लो त्रिशूली ३ ’ए’ मा चिनियाँ टनेल टोली र नेपाली सेनासहित कुल ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति र उपकरणसहित फिल्डमा खटिएको समेत मन्त्रालयले जनाएको छ । 

प्रवक्ता पौडेलले शवको पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट ५ सदस्यीय विशेष फोरेन्सिक टोली कार्यक्षेत्रमा रहेको जानकारी दिए ।

विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक, एडीबी लगायतका दर्जनौँ मित्रराष्ट्र तथा दातृ निकायहरूले ऐक्यबद्धता र सहयोग जनाएको प्रवक्ता पौडेलले बताए ।  

उनले केरुङबाट १४० जना नेपालीहरू तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको र चिनियाँ सीमा क्षेत्रतर्फ अझै करिब १०० नेपाली बेपत्ता रहेको जानकारी दिए । 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : ४३ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी