वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने « Khabarhub

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दोलखाको वैतेश्वर गाउँपालिकाले ७ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँपालिकाको निर्णयअनुसार विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ र गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित ५ लाख ७० हजार सहित ७ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो ।

जनप्रतिनिधितर्फ गाउँ कार्यपालिका सदस्यबाट ८० हजार र गाउँसभा सदस्यबाट ८१ हजार रुपैयाँ तथा कर्मचारीबाट ४ लाख ९ हजार रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ ।

बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष छबि लामाले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र समन्वय निरन्तर गर्ने प्रतिबद्धता जनाए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ६ : ३७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं