शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज « Khabarhub

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान केन्द्र)ले किसानलाई राहत मिलेको छ ।

विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य हुने किसानले अहिले बिक्री नभएका कृषि उत्पादन शीतगृहमा भण्डारण गर्न थालेका छन् ।

इटहरीका व्यापारी उमेश खड्काले शीतगृह निर्माण भएपछि किसानलाई बढी भएको उत्पादन भण्डार गरेर राख्न सहज हुनुका साथै फलफूल तथा कृषि उपजको बिक्रीमा सहजता ल्याएको बताए। कुनै फलफूल एकैपटक पाक्ने भएकाले तत्काल बजारमा बिक्री गर्दा कम मूल्यमा बेच्नुपर्ने वा बिग्रिने समस्या हुने गरेको थियो । 

शीतगृहमा राखेर १५ देखि २० दिनपछि बिक्री गर्दा पनि फलफूल नबिग्रिने भएकाले किसानलाई फाइदा पुगेको उनले बताए।

‘अहिले ड्रागन फ्रुटलगायत फलफूल शीतगृहमा राख्ने गरेका छौँ । दुई हप्तासम्म यहाँ राख्दा पनि नबिग्रिने भएकाले बजारमा बिक्री गर्न सहज भएको छ’, खड्काले भने। 

धनकुटाका व्यापारी उमेश राईले शीतगृह सञ्चालनमा आएपछि कृषि उपजको बिक्री तथा भण्डारणमा सहज भएको बताए । लामो दूरी तय गरेर धरानमा कृषि उपज बिक्री गर्न ल्याउँदा कहिलेकाहीँ बिक्री नभएर सित्तैमा बाँड्नुपर्ने वा फालेर जानुपर्ने अवस्था रहेको उनले सुनाए ।

‘पहिले फलफूल तथा तरकारी बिक्री नभएर के गर्ने भन्ने तनाव हुन्थ्यो । सबै खेर जान्थ्यो । तर अहिले सस्तो मूल्यमा शीतगृहमा राखेर घर फर्किन पाइन्छ र पछि आएर बिक्री गर्न सकिने भएकाले धेरै राहत मिलेको छ’, उनले भने। 

जाडो मौसममा फलफूल दुई-तीन दिनसम्म बाहिर राख्न सकिए पनि गर्मीमा एक दिनमै बिग्रिने समस्या रहेकामा शीतगृह निर्माणपछि किसानको मेहनत खेर जानबाट जोगिएको उनको भनाइ छ ।

शीतगृह निर्माण भएपछि पहाडी तथा तराई क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा र खोटाङलगायत जिल्लाबाट कृषि उपज बिक्री गर्न आउने किसानका लागि शीतगृह आम्दानी सुरक्षित गर्ने विकल्प बनेको छ ।

कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६र७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार ३०० र कृषि बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार ८४० गरी कुल रु ७६ लाख ८१ हजार १४० को लागतमा पहिलो शीतगृह निर्माण गरिएको हो ।

शीतगृहमा कृषि उपज भण्डारण गर्ने किसान तथा व्यापारीको माग बढेपछि आव २०७७-७८ मा पनि कोशी प्रदेश सरकारले ५० लाख उपलब्ध गराएको थियो । त्यसमा कृषि बजार व्यवस्थापन समितिले १७ लाख थप गरी कुल६७ लाखको लागतमा अर्को शीतगृह निर्माण गरिएको कृषिउपज बजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए ।

यसैगरी, आँप, केरा, भुइँकटहरलगायत फलफूललाई रसायन प्रयोग नगरी तापक्रम मिलाएर पकाउन यस वर्ष अर्को च्याम्बर निर्माण गर्न लागिएको अध्यक्ष भट्टराईले बताए । 

सङ्घीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र धरान कृषि बजार व्यवस्थापन समितिको ५०र५० प्रतिशत साझेदारीमा उक्त च्याम्बर निर्माण गर्न लागिएको हो । यस वर्ष च्याम्बर निर्माण गरी आगामी असारदेखि किसानलाई सेवा उपलब्ध गराउने गरी काम भइरहेको उनले बताए।

अध्यक्ष भट्टराईका अनुसार अहिले शीतगृहमा छ वटा च्याम्बर छन् । एउटा च्याम्बरमा २५ देखि ३० टनसम्म कृषि उपज भण्डारण गर्न सकिन्छ । छ वटा च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षण गरिएको व्यवस्थापक उनले बताए। 

शून्य डिग्री तापक्रम कायम रहने शीतगृहमा अहिले आलुको बीउ, जुम्ली स्याउ, नौनी घिउ र भारतबाट ल्याइएको सयपत्री फूल भण्डारण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । शीतगृहमा ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न सकिने उनले बताए ।

शीतगृहमा कृषि उपज भण्डारण गरेबापत किसानले प्रतिकिलो प्रतिमहिना दुई रुपैयाँ ५० पैसा शुल्क तिर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । व्यापारीले पनि बाहिरबाट खरिद गरेर ल्याएका स्याउ, अङ्गुर र अनारजस्ता फलफूल शीतगृहमा राख्ने गरेका छन् । 

धरानस्थित कृषिउपज बजारमा दैनिक एक हजारभन्दा बढी किसान र करिब २०० व्यापारीबीच कारोबार हुने गरेको छ । जाडो मौसममा भन्दा गर्मी मौसममा शीतगृहले किसानलाई अझ बढी राहत दिने विश्वास गरिएको छ ।

शीतगृह सञ्चालनपछि किसानलाई सहज भए पनि विद्युत् महसुल अत्यधिक लाग्ने र त्यसमा मूल्य अभिवृद्धि कर ९भ्याट० समेत जोडिँदा आर्थिक भार बढेको व्यवस्थापक अध्यक्ष भट्टराईले बताए। शीतगृहको आम्दानीबाट मुस्किलले विद्युत् महसुल तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

‘सरकारले विद्युत् महसुलमा ५० प्रतिशत छुट दिए शीतगृह सञ्चालन सहज हुने थियो’, उनले भने।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : २४ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय