चितवनका १०१ पत्रकारको आँखा परीक्षण « Khabarhub

चितवनका १०१ पत्रकारको आँखा परीक्षण


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज १०१ जना पत्रकारको आँखा परीक्षण गरिएको छ । 

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो । 

शिविरमा आवश्यक चश्मा र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । महासङ्घका जिल्ला अध्यक्ष वसन्त पराजुलीका अनुसार शाखाका सदस्य र अन्य क्रियाशील पत्रकारहरूको आँखाको परीक्षण गरिएको छ । 

विगत वर्षमा झै यस वर्ष पनि भरतपुर आँखा अस्पतालसँग सहकार्य गरेर शिविर गरिएको उनले बताए।
 
शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिएका तीन जना पत्रकारको अस्पतालले सहुलियत दररेटमा समय अनुकूल मिलाएर गर्ने अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ५७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको