म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु « Khabarhub

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा भूगर्भविद् तथा प्राविधिक टोलीले म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन सुरु गरेको छ।

नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडासहितको टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन थालेको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार नगरपालिकाको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार शुक्रबार म्याग्दी पुगेको टोलीले जिल्लाका जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्नेछ।

‘बेनी बजारसहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ,’ नगरप्रमुख केसीले भने।

भूगर्भविद तथा त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालका अनुसार पहिरोको अवस्था र माटोको बनोट आँकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेका स्थानबाट ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरिनेछ।

‘विभिन्न विधि र उपकरणको प्रयोगका साथै स्थलगत निरीक्षण गरेर पहिरो गएका क्षेत्रको अध्ययन थालेका छौँ,’ उनले भने।

काठमाडौँबाट आएका चार जना भूगर्भविद्, स्थानीय तहका प्राविधिक तथा भूगर्भविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिलाई तीन समूहमा विभाजन गरी अध्ययन अघि बढाइएको सिलवालले बताए।

स्थलगत अध्ययन र सङ्कलित नमूनाको वैज्ञानिक विश्लेषणपछि टोलीले सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन तथा दीर्घकालीन रोकथामका काम अघि बढाइने नगरप्रमुख केसीले बताए।

गत साताको वर्षापछिको बाढीपहिरोका कारण म्याग्दीमा हालसम्म सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। दुई सयभन्दा बढी घरगोठमा पूर्ण क्षति पुगेको र दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन्।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार शुक्रबारसम्म १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका छन्। क्षतिको विवरण अझै बढ्न सक्ने उनले बताए।

असोज ८ देखि ११ गतेसम्म परेको झरीपछि आएको बाढीपहिरोका कारण जिल्लाका मुख्य सडक, विद्युत् तथा सञ्चार सेवा प्रभावित भएका छन्। अवरुद्ध यातायात, सञ्चार र विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ७ : ०२ बजे

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा