बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत « Khabarhub

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत उपलब्ध गराइएको छ।

नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराएको हो।

समाजका अध्यक्ष उदयबहादुर रानामगरका अनुसार गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका २० जना राष्ट्रसेवक कर्मचारीको मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा राहत वितरण गरिएको हो।

‘राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफैँ बाढीमा परी प्रभावित हुनु दुःखद अवस्था हो,’ अध्यक्ष रानामगरले भने, ‘यस दुःखको घडीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ।’

समाजले बाढीबाट प्रभावित २० कर्मचारीका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेकामा शनिबारसम्म ११ परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाँकी परिवारलाई पायक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिए।

राहत रकम जुटाउन समाजमा आबद्ध ८३ जना कर्मचारीबाट रु दुई लाख ९० हजार सङ्कलन गरिएको थियो। त्यसमा समाजको कोषबाट रु दुई लाख थप गरी प्रभावित परिवारलाई राहत वितरण गरिएको समाजका सदस्य प्रकाश सिलवालले जानकारी दिए।

नुवाकोटलाई जन्मथलो बनाएर विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीको साझा संस्थाका रूपमा रहेको राष्ट्र सेवक कर्मचारी समाजले जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

समाजले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, सरकारी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ७ : ४३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको