बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत « Khabarhub

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत उपलब्ध गराइएको छ।

नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराएको हो।

समाजका अध्यक्ष उदयबहादुर रानामगरका अनुसार गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका २० जना राष्ट्रसेवक कर्मचारीको मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा राहत वितरण गरिएको हो।

‘राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफैँ बाढीमा परी प्रभावित हुनु दुःखद अवस्था हो,’ अध्यक्ष रानामगरले भने, ‘यस दुःखको घडीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ।’

समाजले बाढीबाट प्रभावित २० कर्मचारीका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेकामा शनिबारसम्म ११ परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाँकी परिवारलाई पायक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिए।

राहत रकम जुटाउन समाजमा आबद्ध ८३ जना कर्मचारीबाट रु दुई लाख ९० हजार सङ्कलन गरिएको थियो। त्यसमा समाजको कोषबाट रु दुई लाख थप गरी प्रभावित परिवारलाई राहत वितरण गरिएको समाजका सदस्य प्रकाश सिलवालले जानकारी दिए।

नुवाकोटलाई जन्मथलो बनाएर विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीको साझा संस्थाका रूपमा रहेको राष्ट्र सेवक कर्मचारी समाजले जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

समाजले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, सरकारी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ७ : ४३ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले