अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा « Khabarhub

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक दिशा र आगामी शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले यस निर्वाचनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

निर्वाचनमा रिपब्लिकन पार्टी आफ्नो बहुमत जोगाउने रणनीतिमा छ भने डेमोक्रेटिक पार्टी कङ्ग्रेसका दुवै सदनमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा छ । विशेषगरी टेक्सास, जर्जिया, मिशिगन र मेनलगायत राज्यमा सिनेटका महत्त्वपूर्ण सिटका लागि कडा प्रतिस्पर्धा देखिएको छ । खुला सिट र प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका कारण नौ राज्यको परिणामलाई चासोका साथ हेरिएको छ ।

टेक्सासमा सिनेटका लागि रिपब्लिकन उम्मेदवार केन प्याक्सटन र डेमोक्रेटिक उम्मेदवार जेम्स तालारिकोबीच प्रतिस्पर्धा हुँदैछ । त्यहाँ रिपब्लिकन गभर्नर ग्रेग एबट चौथो कार्यकालका लागि डेमोक्रेटिक उम्मेदवार गिना हिनोजोसासँग प्रतिस्पर्धामा छन्। सन् १९८८ यता टेक्सासबाट कुनै पनि डेमोक्रेटिक उम्मेदवार सिनेटमा निर्वाचित भएका छैनन् ।

ओहायोमा पूर्व डेमोक्रेटिक सिनेटर सेरोड ब्राउनले रिपब्लिकन उम्मेदवार जोन हस्टेडलाई चुनौती दिएका छन् । गभर्नर पदमा रिपब्लिकन विवेक रामास्वामी र डेमोक्रेटिक उम्मेदवार एमी एक्टनबीच प्रतिस्पर्धा छ ।

मिशिगनमा सिनेटको रिक्त सिटका लागि रिपब्लिकन माइक रोजर्स र डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सायेद प्रतिस्पर्धामा छन्। गभर्नर पदमा डेमोक्रेटिक उम्मेदवार जोसलीन बेन्सन र रिपब्लिकन जोन जेम्सबीच प्रतिस्पर्धा हुँदैछ ।

जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफ आफ्नो सिट जोगाउने प्रयासमा हुनुहुन्छ । उहाँलाई रिपब्लिकन उम्मेदवार माइक कोलिन्सले चुनौती दिएका छन् ।

गभर्नर पदमा रिपब्लिकन रिक ज्याक्सन र डेमोक्रेटिक उम्मेदवार केइशा ल्यान्स बटम्सबीच प्रतिस्पर्धा छ । आयोवामा सिनेटका लागि रिपब्लिकन एश्ले हिन्सन र डेमोक्रेटिक उम्मेदवार जोश टुरेक तथा गभर्नर पदका लागि रोब स्यान्ड र ज्याक लानबीच प्रतिस्पर्धा हुँदैछ ।

विस्कन्सिनमा गभर्नर पदका लागि रिपब्लिकन टम टिफनी र डेमोक्रेटिक उम्मेदवार डेभिड क्राउली मैदानमा छन्। नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डो दोस्रो कार्यकालका लागि डेमोक्रेटिक उम्मेदवार आरोन फोर्डसँग प्रतिस्पर्धा गर्दै छन्।

मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्स र डेमोक्रेटिक उम्मेदवार ट्रोय ज्याक्सनबीच प्रतिस्पर्धा छ । फ्लोरिडामा गभर्नर पदका लागि रिपब्लिकन बायरन डोनाल्ड्स र डेमोक्रेटिक उम्मेदवार डेभिड जोली तथा सिनेटका लागि रिपब्लिकन एश्ले मूडी र डेमोक्रेटिक उम्मेदवार एन्जी निक्सनबीच प्रतिस्पर्धा हुँदैछ ।

यी राज्यमा सिनेट र गभर्नर पदका लागि हुने प्रतिस्पर्धासँगै प्रतिनिधिसभाका निर्वाचन परिणामले पनि अमेरिकी कङ्ग्रेसको शक्ति सन्तुलन निर्धारण गर्नेछ । निर्वाचनको परिणामले राष्ट्रपति ट्रम्पको बाँकी कार्यकालमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन र विधायिकी प्रक्रियामा रिपब्लिकन तथा डेमोक्रेटिक पार्टीको प्रभाव कस्तो रहने भन्ने तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : ३९ बजे

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न

भेरी अस्पतालमा फोक्सो तथा निद्रासम्बन्धी रोगको विशिष्टीकृत सेवा 

नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी जटिल रोग र निद्रासम्बन्धी

जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक

काठमाडौँ – जनकपुर बोल्ट्सविरुद्ध विरानटगर किंग्सका इम्रान शेख र लोकेश