काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गराई सार्वजनिक जग्गा व्यक्तिका नाममा छूट दर्ता गराएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।
मुद्दा दायर गरिएकामा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेसमेत छन् । घिमिरे सवारी दुर्घटनाका क्रममा त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
त्यसैगरी पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटालाई पनि प्रतिवादी बनाइएको छ । शाखा अधिकृत बलराम निरौलाको नामसमेत आरोपपत्रमा समावेश छ ।
भूमि व्यवस्था विभागका महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।














प्रतिक्रिया