विधानअनुसार नै १५औँ महाधिवेशन हुन्छ : प्रकाशशरण महत « Khabarhub

विधानअनुसार नै १५औँ महाधिवेशन हुन्छ : प्रकाशशरण महत


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस देउवा समूहले पार्टीको विधि विधान अनुसार नै १५ औँ महाधिवेशन सम्पन्न हुने जनाएको छ । 

मंगलबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै मंसीर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको समेत जनाएको हो ।

पत्रकार सम्मेलनमा सो समूहका नेता डा प्रकाशशरण महतले पार्टीको बिचार, सिद्धान्त र विधि विधान अनुसार १५ औं महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाको सभापतिमा र दैनिक रूपमा महाधिवेशन सम्पन्न गर्नको लागि डा. शशांक कोइरालाको संयोजकत्वमा सम्पन्न हुने बताए । 

हालसम्म ६१८ वटा पालिकामा सम्पन्न भइसकेको, २२८ ठाउँमा प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन र ११४ क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले बताए । सबै अधिवेशनमा आफ्नै साधन–स्रोत प्रयोग गरेर अत्यन्त उत्साहपूर्ण सहभागिता देखिएको उनले उल्लेख गरे ।

उनले महाधिवेशनले कांग्रेसको मूल मान्यता, विचार, विधि, र पार्टी सञ्चालन पद्धतिको पक्षमा उभिने अठोट लिएको जनाए । 

आफूलाई आधिकारिक दाबी गर्नेसँग कांग्रेसका आत्मा नरहेको उनले तर्क गरे । उनले वैचारिक र वैधानिक कोणबाट अर्को पक्ष ठिक ठाउँमा नरहेको आरोप लगाए ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : ५० बजे

८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कार्की (तस्बिरहरू)

काठमाडौं– उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र

पोखराले गुमायो आठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले