आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार सन् २०२६ जनवरी ३ तारिख । पुस शुक्ल पक्षको पूर्णिमा तिथि । स्वस्थानी व्रत कथा प्रारम्भ, माघ स्नान । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यको तर्फबाट भय बढ्ने जोखिम छ । राजनीतिक क्षेत्रमा भय बढ्नेछ ।

वृष : परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ । बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ । रोगले सताउने छ ।

मिथुन : लगानीबाट फाइदा हुनेछ । मनमा शान्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ । परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कर्कट : आकस्मिक लाभ हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । मानसम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

सिंह : आफन्त भनेका साथीले असहयोग गर्नेछन् । सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ । शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कन्या : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

तुला : निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

वृश्चिक : पठनपाठनमा मन जानेछ । बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ । साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

धनु : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ । सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : परिवार र दाजुभाइको साथ प्राप्त हुनेछ । सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ । गरगहना हराउने जोखिम रहेको छ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ ।

कुम्भ : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ । इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी लगानी भए मन प्रशन्न हुनेछ ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ । वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ५ : ४९ बजे

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण