रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा « Khabarhub

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मत पश्चात् सञ्चालनमा आएको छ ।

एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत केन्द्रले जनाएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपश्चात ३७ मेगावाट गत मङ्सिर महिनामा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो । सफाइ एवं मर्मत बाँकीनै रहेको र अर्कोतर्फ क्षमता अनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी जेठ–असारबाट उत्पादन हुने जनाइएको छ ।

पानीको प्रवाह घट्न गएका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ । बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा उक्त जलविद्युत् केन्द्रले तीन अर्ब ५१ करोड क्षति बेहोर्नुपरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : २३ बजे

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

झापा-५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

बिर्तामोड- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा