कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु « Khabarhub

कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बेनी– अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् ।

उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताए । उनले भने, ‘तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।’

स्थानीय बासिन्दाहरूले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

यो समूह प्रारम्भमा युगान्डाका पूर्व बेद्रोहीहरूले गठन गरेका थिए र १९९० दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् । यसले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ ।

सन् २०२१ देखि युगान्डाका सैनिकहरू कङ्गोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् ।
विद्रोही प्रायः असहाय नागरिकमाथि हमला गर्छन् र त्यसपछि जङ्गलतर्फ भाग्छन् । रासस
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : ०० बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो