सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण « Khabarhub

सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन् ।

निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता पालना आवश्यक हुने बताए । उनले भने, ‘औषधि उत्पादन अरू उत्पादनजस्तो होइन, यो अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ निरीक्षण गर्दा कम्पनीले आवश्यक सबै प्रोटोकल पालना गर्दै व्यवस्थित र राम्रो ढङ्गले उत्पादन गरिरहेको देखियो ।’

विभिन्न ५० प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुसी लागेको उल्लेख गर्दै मन्त्री खरेलले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने बताए । उनले विदेशमा आर्जन गरेको पुँजी स्वदेशमै लगानी गर्नु सकारात्मक भएको उल्लेख गरे । 

ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले करिब २२ वर्ष युरोपमा बसोबास गरी औषधि क्षेत्रको अनुभव हासिल गरेपछि स्वदेशमै औषधि उत्पादन गर्ने उद्देश्यले लगानी गरिएको जानकारी दिए । 

उनले कम्पनीले औषधि उत्पादनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ लगानी रहेको उनले जानकारी दिए ।
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : ४७ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो