सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण « Khabarhub

सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन् ।

निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता पालना आवश्यक हुने बताए । उनले भने, ‘औषधि उत्पादन अरू उत्पादनजस्तो होइन, यो अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ निरीक्षण गर्दा कम्पनीले आवश्यक सबै प्रोटोकल पालना गर्दै व्यवस्थित र राम्रो ढङ्गले उत्पादन गरिरहेको देखियो ।’

विभिन्न ५० प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुसी लागेको उल्लेख गर्दै मन्त्री खरेलले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने बताए । उनले विदेशमा आर्जन गरेको पुँजी स्वदेशमै लगानी गर्नु सकारात्मक भएको उल्लेख गरे । 

ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले करिब २२ वर्ष युरोपमा बसोबास गरी औषधि क्षेत्रको अनुभव हासिल गरेपछि स्वदेशमै औषधि उत्पादन गर्ने उद्देश्यले लगानी गरिएको जानकारी दिए । 

उनले कम्पनीले औषधि उत्पादनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ लगानी रहेको उनले जानकारी दिए ।
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : ४७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा