सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण « Khabarhub

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चितवनको भरतपुर महानगरपालिका–१० मा निर्माणाधीन राष्ट्रिय समाचार समितिको केन्द्रीय तालिम केन्द्रको आज अवलोकन तथा निरीक्षण गरेका छन् । राससले ‘एकेडेमिक सेन्टर’का रुपमा विकास गर्ने लक्ष्यअनुरुप तालिम केन्द्रको निर्माण सुरु गरेको हो  । 

त्यस अवसरमा मन्त्री खरेलले राससको केन्द्रीय तालिम केन्द्र सम्पन्न हुन लागेकामा खुशी व्यक्त गरे । उनले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे  । 

उनले भने, ‘व्यावसायिक पत्रकारिताका लागि क्षमता विकास, तालिम, अनुभव साटासाट तथा कार्यशाला आवश्यक पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव थियो,  तालिम केन्द्रले त्यो आवश्यक पूरा गर्नेछ ।’ 

स्टुडियोसहितको आधुनिक तालिम केन्द्र सञ्चालनमा आएपछि सबैलाई सहज हुने उनको भनाइ थियो । मन्त्री खरेलले तालिम केन्द्रका लागि आवश्यक सामग्री खरिदका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

त्यस अवसरमा रासस भरतपुर कार्यालयका प्रमुख नारायणप्रसाद अधिकारीले तालिम केन्द्र भवनको निर्माण प्रगति तथा हालको अवस्थाबारे मन्त्री खरेललाई जानकारी गराएका थिए । 

विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले रु  पाँच करोड ७६ लाख ७१ हजारमा सम्झौता गरी निर्माण गरिरहेको छ । भूमिगत पार्किङसहित चार तलाको भवन निर्माण गर्न लागिएको हो । भवनमा १९ वटा कोठा रहनेछन् । 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ३ : ३८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर