अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान « Khabarhub

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५ गतेभित्र अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न सार्वजनिक सूचना जारी गरेको छ । 

अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले सूचीकरणसँग सम्बन्धित दिग्दर्शनमा उल्लेख भएबमोजिम आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन र आन्तरिक फारम मन्त्रालयको ‘वेबसाइट’मा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । 

सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिन आह्वान गरिएको मन्त्रालयका पुरातत्त्व अधिकृत भीष्म बास्कोटाले जानकारी दिए । सम्पदा सूचीकरणका लागि चैत १५ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने उनले सुनाए । 

आवेदन साथ कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा सम्पदाको पूर्ण विवरण, सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति, सम्पदाको तस्बिर, श्रव्य तथा दृश्य, हालसम्मको पुस्तान्तरणसम्बन्धी आवश्यक विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस, स्थानीय तहमा सूचीकरण भएको भए सोको प्रमाणलगायत सामग्री संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले गत वर्ष आह्वान गरेको सूचनाअनुसार ललितपुरको मौलिक खाद्य परिकार योमरी अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत भएको थियो । रासस

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ५ : ५५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी