गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह « Khabarhub

गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई परेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् । गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् । 

स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए । ‘गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन । यस विषयमा विगतमा पनि कुरा उठेको हो । सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्’,  उनले भने, ‘हेरचाहको अभावका कारण यस्तो दुःखद अवस्था आएको हो । गौशालामा दैनिक चारदेखि पाँचवटा गाई मरिरहेको अवस्था छ । मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन ।’

पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे । 

पशुकल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थीले प्रदेश सरकार र स्थानीय प्रशासनले उक्त गौशालामा भएको घटनाको अनुगमन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले समस्या पहिचान गरी तत्काल व्यवस्थापनमा लाग्नुपर्ने बताए । 
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ३४ बजे

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको