गृहमन्त्री अर्यालद्वारा राष्ट्रिय सहिद तथा शान्ति पार्कको अवलोकन, जेन-जी सहिदका नामावली राख्नेबारे छलफल « Khabarhub

गृहमन्त्री अर्यालद्वारा राष्ट्रिय सहिद तथा शान्ति पार्कको अवलोकन, जेन-जी सहिदका नामावली राख्नेबारे छलफल


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । 

आज त्यहाँ पुगेर उनले पार्कमा राखिएका सहिदको नामावली, पार्कको समग्र वस्तुस्थिति र सञ्चालनको अवधारणाबारे पार्क स्मारक समितिका अध्यक्ष सुदर्शन सिग्देलबाट जानकारी लिएका थिए  । 

त्यस अवसरमा गृहमन्त्री अर्यालले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका सहिददेखि ‘जेन-जी जनआन्दोलन’ पछि सहिद घोषणा भएका ४२ जना जेन-जी सुशासन योद्धा र तीन अमर प्रहरीहरूको नाम पार्कमा राख्नेबारे चासो व्यक्त गरेका थिए  । 

उनले सहिदबारे विगतका विभिन्न मन्त्रिपरिषद्ले गरेका निर्णयसहित जेन-जी जनआन्दोलनका क्रममा शहादत प्राप्त युवाको समेत सोही पार्कमा नामावली राख्ने र पार्कको सञ्चालनका लागि स्मारक समितिले बुझाएको ज्ञापन पत्रलाई अध्ययन गरेर उपयुक्त निर्णय लिने बताएका थिए । 

स्मारक पार्कका व्यवस्थापन समितिका अध्यक्ष सिग्देलका अनुसार हाल उक्त पार्कमा राज्यले घोषणा गरेका दुई हजारभन्दा बढी सहिदको नामावली राखिएको छ । 

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको खारेजीसँगै सञ्चालनको स्पष्ट खाका नभएकाले हाल पार्कको सञ्चालनमा द्विविधा रहेकाले समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ५३ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष