पाथीभरा क्षेत्रमा हिमपात « Khabarhub

पाथीभरा क्षेत्रमा हिमपात


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।

“पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ”, पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने ।

यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो । केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ०१ बजे

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ– यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ

साउदी अरबको सेयर बजारमा अब सबै विदेशीले लगानी गर्न पाउने

एजेन्सी– साउदी अरबले आफ्नो वित्तीय बजारमा विदेशी लगानी आकर्षित गर्नका

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको