आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन कृष्ण पक्षको द्वित्तिया तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : तपाईंको बोलीले बिग्रिएका कामहरु बन्नेछन्। शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ। अवसरको सदुपयोग गर्न सक्दा फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ। परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ।

मिथुन : शान्त भएर बस्नु उचित हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दैनिक काममा अवरोध हुनेछ। स्वास्थ्यमा भने सुधार हुने दिन छ। रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ।

कन्या : धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्धमा भने सुधार हुनेछ।

तुला : दैनिक काम सहजै बन्नेछन्। अप्ठेरो सोचेका काम मिल्दै जानेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु सुखद् हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ। यात्रा गर्नु परेमा एक्लै नहिड्नुहोला। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

धनु : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सानो कुराले मनमा झन्झट बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा सचेत बन्नुपर्ने समय छ।

मकर : सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ। खर्च बढ्ने जोखिम छ। इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : अरुको निर्णय सुन्न नसक्ने बानीले खटपटी बढ्नेछ। थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। साथीभाइबाट असहयोग हुने खतरा छ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ। व्यापारमा घाटा हुनेछ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ५ : २१ बजे

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी– बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रुसले भन्यो- क्युबामाथि अमेरिकाको आर्थिक दबाब स्वीकार्य छैन

काठमाडौं – रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५