काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस « Khabarhub

काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि लागू गरिएको उक्त सेवाअन्तर्गत जिल्लामा पाँच महिनामा चार हजार १७७ जनालाई नागरिकता प्रदान गरिएको छ ।

जिल्लाका सबै १३५ वडाबाटै एकसाथ अनलाइनबाट नागरिकता सिफारिस सुरु गरिएको हो । नागरिकताका लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा अनलाइन सिफारिस गर्नुअघि वडाहरूले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान गरेर पेस गर्छन् । तिनै कागजात र अनलाइनबाट प्रिन्ट भएको सिफारिससहित सेवाग्राही नागरिक जिल्ला प्रशासन कार्यालय पुगेर सोही सिफारिसका आधारमा द्रुतगतिमा नागरिकले सेवा लिन्छन् ।

यस्तै वडाले अपलोड गरेको फाइल कोडका आधारमा व्यक्तिको ‘इन्ट्री’ गरेलगत्तै वडाबाट भरेको विवरणका आधारमा नागरिकता प्रिन्ट हुन्छ । सनाखत गर्नेको पूर्ण विवरण पनि त्यही लोड गरिएको हुन्छ । त्यसका अलावा जिल्ला प्रशासन कार्यालय आफैँले पनि ती कागजातलाई स्क्यान गरेर अर्को अभिलेख बनाउँछ र डिजिटलाइजेसनपछि कागजातलाई सुरक्षित राख्छ । अनलाइन सिफारिसका कारण एउटै काम फरकफरक निकायले पटकपटक गर्नुपर्ने अवस्थाको अन्त्य हुँदा विवरणमा एकरुपता र झन्झटिलो अवस्थाबाट नागरिक मुक्त हुने भएका छन् । झुटो विवरण पेस गरी नागरिकता लिनेलाई भने यो प्रणालीले निकै सकस बनाएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार अनलाइन सिफारिसका कारण व्यक्तिको विवरण सुरक्षित र कम त्रुटि भएका अभिलेख डिजिटलाइज भएका हुन् । ‘अभिलेखका लागि राखिएका कागजात सुरक्षित रहन्छन् र समयको बचत पनि भएको छ’, उनले भने । सेवामा द्रुतगति भएको, अभिलेखमा त्रुटि कम र विश्वास धेरै भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकतालगायत सेवामा नागरिकलाई झन्झटरहित बनाउने प्रयास गरिएको बताए । उनले जिल्लामा नागरिकतासम्बन्धी समस्या समाधानमा अनलाइन सेवा थप प्रभावकारी बनेको बताउँदै कागजात नपुगेका कारण नागरिकता नबन्ने भन्ने समस्या टरेको उल्लेख गरे । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले नागरिकता सिफारिसका लागि अनलाइन सेवा महत्त्वपूर्ण मानिएको बताए ।

यसैबीच, चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा छ महिनामा चार हजार ३६१ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा सबैभन्दा बढी नागरिकता सिफारिस धुलिखेल नपाबाट र सबैभन्दा कम खानीखोला गाउँपालिकाबाट भएको छ । इलाका प्रशासन कार्यालय महाभारतमा यो अवधिमा ३५५ वटा नागरिकता बनेका छन् । अनलाइन सेवाबाट भने ३२३ नागरिकता बनेका कार्यालयले जनाएको छ ।

नयाँभन्दा प्रतिलिपि लिनेको सङ्ख्या अधिक रहेको पाइएको छ । जिल्ला प्रशासनको तथ्याङ्कअनुसार यस अवधिमा पाँच हजार ४९२ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै, यस अवधिमा २५ जनाले नागरिकता परित्याग गरेको गैरआवासीय नागरिकता १८ जनाले लिएको तथा चार जनाको नागरिकता रद्द भएको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ९ : ३६ बजे

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ ।

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत

प्रतिनिधिसभा निर्वाचन : तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती

दमौली– तनहुँमा दुईवटा निर्वाचन क्षेत्र छन् । साबिक तनहुँ क्षेत्र

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई