किएभमाथि पुनः रुसी आक्रमण « Khabarhub

किएभमाथि पुनः रुसी आक्रमण


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको छोटो युद्धविरामपछि चिसो मौसमको बीचमा नयाँ आक्रमण भएको हो ।

राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिसो मौसममा किएभ र अन्य सहरहरूमा आक्रमण रोक्न सहमति जनाएको जानकारी दिएका थिए। क्रेमलिनले युद्धविराम आइतबारसम्म लागू हुने बताएको छ । तर युक्रेनले मस्कोको आक्रमण नरोकिएको स्पष्ट पारेको छ ।

किएभ सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रुसले रातभर कडा चिसोका बीच अर्को ठूलो आक्रमण गरेको हो । आपतकालीन सेवाले किएभमा तीन जना घाइते भएको जनाएको छ ।

पूर्वी सहर खार्किवमा भएको रुसी गोलाबारीमा दुई जना घाइते भएको क्षेत्रीय सेना प्रमुख ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । उनका अनुसार घन्टौँ लामो आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै सहरलाई चिसोमा तापविहीन बनाउने उद्देश्य राखेको थियो ।

अधिकारीहरूले प्रणाली सुरक्षित राख्न ८०० भन्दा बढी घरमा अस्थायी रूपमा ताप कटौती गर्नुपरेको बताएका छन् । आवश्यक परेमा सर्वसाधारणलाई चौबीसै घण्टा सञ्चालनमा रहेका सुरक्षित केन्द्रहरूमा जान आग्रह गरिएको छ ।

किएभमा रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस र खार्किवमा माइनस २३ डिग्री सेल्सियससम्म झरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ । 

वासिङ्टनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि अबु धाबीमा भएको प्रारम्भिक वार्ता सफल हुन सकेन । वार्ताको दोस्रो चरण बुधबार सुरु हुने अपेक्षा गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हालको तनाव घटाउने प्रयासले विश्वास निर्माणमा सहयोग पुगेको बताएका छन् । तर क्षेत्रीय नियन्त्रणको विषय अझै विवादकै रूपमा रहेको छ । रुसले डोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रण चाहेको छ, जसलाई किएभले अस्वीकार गर्दै आएको छ ।

एएफपीको विश्लेषणअनुसार जनवरी महिनामा रुसी सेनाले युक्रेनमा आफ्नो अग्रगमनलाई तीव्र बनाएको देखिन्छ । सो अवधिमा करिब ४८१ वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिइएको छ । यो अघिल्लो महिनाको तुलनामा झन्डै दोब्बर हो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ०८ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन