‘नयाँ दल एजेन्डाविहीन छन्, ‘पब्लिक फेस’ गर्न सकेका छैनन्’ « Khabarhub

‘नयाँ दल एजेन्डाविहीन छन्, ‘पब्लिक फेस’ गर्न सकेका छैनन्’

कांग्रेसमा नयाँ अनुहार आए पनि भिजन नयाँ नआएको टिप्पणी


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभएर नयाँ भिजन खोजेको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्।

नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनले बताएका छन् । ‘कांग्रेसमा नयाँ अनुहार आए,तर नयाँ भिजन आएन´, गुरुङले भने, ‘दोस्रो विशेष महाधिवेशनपछि पनि उहाँहरूको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले कांग्रेस यथाअवस्थामै छ ।´

नयाँ दलको चुनौती आइरहेका बेला गुरुङले लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने दाबी गरेका छन् ।

‘केही पार्टी र व्यक्तिले आफूलाई नयाँ, अरूलाई पुराना भनेर आर‍ोप लगाइरहेका छन्´ गुरुङले भने, ‘उनीहरू एजेन्डाविहीन हुन् । त्यही भएर उनीहरूले ‘पब्लिक फेस’ गर्न सकेका छैनन् ।´

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा सम्भावित तालमेललाई लिएर उनले अहिले त्यस्तो अवस्था नदेखिए पनि सम्भावना बाँकी रहने जिकिर गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : २८ बजे

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम