चिकित्सकले रोकेपछि रवि चितवन गएनन् « Khabarhub

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण मंगलबार चितवन जान सकेनन्। खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि उनलाई यात्रा नगर्न चिकित्सकले सुझाव दिएका हुन्।

माघ ५ गते जनकपुर जाने क्रममा खुट्टा ठोक्किँदा निलो डाम बसेको थियो। त्यसैबाट संक्रमण भएपछि उनी अस्पतालमा उपचाररत थिए। अस्पतालबाट डिस्चार्ज भएपछि घरमै आराम गरिरहेका रवि मंगलबार चितवन जाने तयारीमा थिए। तर संक्रमण फैलिने जोखिम बढ्न सक्ने भन्दै चिकित्सकले रोक लगाएको उनको सचिवालयले जनाएको छ।

यसअघि पार्टीका उपसभापति डिपी अरियालले रवि मंगलबार चितवन जाने कार्यक्रम रहेको बताएका थिए। तर स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो।

सचिवालयका अनुसार खानपिन वा अन्य शारीरिक समस्याहरू भने छैनन्। खुट्टाको चोटका कारण मात्र उनी बाहिर हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। चिकित्सकले पुनः जाँच गरेपछि यात्रा नगर्न आग्रह गरेको सचिवालयको भनाइ छ।

लामिछाने पछिल्लो एक सातादेखि खुट्टाको समस्याका कारण पूर्ण आराममा छन्।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ५९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी