काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल « Khabarhub

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट उत्साही प्रतिक्रिया प्राप्त गरेको बताएका छन् ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आफू सांसदका रुपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताए ।

‘तपाईँलाई भोट दिन्छौँ, तपाईंजत्तिको विकल्प अरु छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने । आफू सांसद रहँदा विष्णुमती करिडोको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भइरहेको उनले बताए । काठमाडौं ५ बाट कांग्रेस उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सांसदका रुपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए ।

‘रिंगरोड भद्रगोल अवस्थामा थियो,’उनले भने,‘अहिले धमाधम काम भइरहेको छ ।’ रिंगरोडभित्र विगतमा मेलम्चीको खानेपानी चुहिएर जताततै देखिएको समस्या समेत आफ्नै पहलमा समाधान भएको र सडकको दुरावस्था कम भएको उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी रिङरोडबाहिर समेत वितरण गर्ने गरी काम अघि बढेको र हाल बुढानिलकण्ठ तथा टोखा नगर क्षेत्रमा समेत धारा जडान भएर पानी वितरण भएको उनले बताए ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ५ : १० बजे

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने